नेपाल पशुपन्छी औषधी व्यवसायी संघको चुनावी अपडेटः अध्यक्षमा मिश्रको उम्मेद्वारी फिर्ता

0
403
पोखरा । नेपाल पशुपन्छी औषधी व्यवसायी संघको ११ औं राष्ट्रिय महाधिवेशन पोखरामा जारी छ । शनिबार नयाँ नेतृत्व चयनका लागि मतदान चल्दै गर्दा हामीले केही मतदाता प्रतिनिधि, पूर्व अध्यक्ष लगायत स्व्यं उम्मेद्वारसँग कुराकानी गरेका छौं ।
प्राप्त पछिल्लो जानकारी अनुसार अध्यक्षमा चित्रबहादुर गुरूङ र नवराज भण्डारीबीच निकटको टक्कर छ । अध्यक्षमा तीन आकांक्षीमध्ये अन्तिम समयमा दिनेशराज मिश्रले उम्मेद्वारी फिर्ता लिएपछि गुरूङ र भण्डारीबीच भिडन्त हुने भएको हो ।
यो चुनावमा प्रदेश नम्मर ३ र ५ को मतलाई निर्णायक मानिएको छ । यी दुई प्रदेशबाट अत्याधिक मतदाता महाधिवेशनमा सहभागी छन् । प्रदेश नम्बर ३ को मतभार भण्डारीका पक्षमा बढी रहेको एक पूर्व अध्यक्षले भेट टाइम्सलाई बताए । तर उनका अनुसार चितवनको मत भने गुरूङका पक्षमा करिव एकछत्र खस्ने अनुमान छ । वर्तमान अध्यक्ष हेमराज बडालसहितका केही पूर्व अध्यक्षको साथ पाएका भण्डारीले आफ्नो जिति सुनिश्चित रहेको बताए । तर प्रतिनिधिहरूसँगको प्रतिकृया बुझ्दा जिल्लाका शाखा तहमा गुरुङको लोकप्रियता हावी छ ।
गुरुङले व्यवासायी साथीहरुलाई परेका मर्कामा सधै स्वयं खटिएर सघाउने गरेका कारण उहाँलाई कम आँक्न मिल्दैन । एक पूर्व अध्यक्षले भने । तर भण्डारी भने संघको विधान र नजिरहरूका आधारमा यो पटकको नेतृत्वका लागि आफू नै एकमात्र हकदार रहेको भन्दै त्यसमा व्यवसायीहरूले न्याय गर्ने दावी गर्छन् ।
अन्तिममा उम्मेद्वारी फिर्ता लिएका मिश्रले बाँकी दुई अध्यक्षमध्ये कसलाई सघाउने भन्ने खुलाएनन् । उनले उम्मेद्वारी फिर्ता लिने क्रममा दिएको मन्तव्यमा कुनै पनि अध्यक्षका पक्षमा आफूलाई उभ्याएनन् ।
दुई प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका अध्यक्षमध्ये गुरुङको पक्षमा उपाध्यक्ष बधनाथ दवाडी, महासचिव नरेश कर्माचार्य, कोषाध्यक्षमा रितेश रिमाल र चार खुल्ला सदस्यका लागि साधुराम ढकाल, नारायण सापकोटा, कर्णप्रिय राना र धर्मराज अधिकारी छन् ।
भण्डारी प्यानलमा उपाध्यक्षमा विष्णुराज बुर्लाकोटी, महासचिवमा यज्ञराज ढकाल, कोषाध्यक्षमा दिवेश थापा छन् भने खुल्ला सदस्यका लागि साधुराम ढकाल, कर्णप्रिय राना, धर्मराज अधिकारी र राजेश कारन्जित प्रतिश्प्रधामा छन् ।

उपाध्यक्ष र सचिवमा निर्विरोध

नेपाल पशपन्छी औषधी व्यवसायी संघको ११ औं राष्ट्रिय महाधिवेशनमा अन्य पदमा मतलदान भएपनि उपाध्यक्ष पदमा भुपेन्द्र गौतम र भवनराज बराल निर्विरोध निर्वाचित भएका छन् । गौतम आयातबाट र बराल थोकबाट उपाध्यक्ष बनेका हुन् । गौतमले भेटटाइम्ससँग कुरा गर्दै चुनावी मैदानमा मतदानबाट जित्नुको मजा बेग्लै हुने भन्दै आफूलाई निर्विरोध निर्वाचित गर्न सघाउने सबैलाई धन्यवाद दिए ।
सचिवमा सुराजनाथ योगी निर्विरोध निर्वाचित भएका छन् ।

मतदान चल्दै गर्दा अध्यक्षका दुई उम्मेद्वारसँग भेट टाइम्सका सम्पादक विष्णु पाण्डेले गरेको फेसबुक लाइभ संवादः

LEAVE A REPLY